देशभरका विद्यालय बन्द हुने तर कलेज खुल्ने

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्न थालेपछि भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने तयारी थालेको छ ।

विद्यालय बन्द गर्ने बारेको सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । देशभरका विद्यालय बन्द भए पनि कलेज भने अहिले बन्द नहुने प्रवक्ता शर्माले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको सिफारिसअनुसार थप निर्णय गर्ने तयारी भए पनि आजै बैठक बस्ने नबस्ने एकिन भइनसकेको शिक्षा मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले जानकारी दिए ।

सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । आइतबार बसेको सीसीएमसी बैठकले सरकारलाई कोरोना महामारीबाट बच्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने लगायत खोप कार्ड अनिवार्य गर्नुपर्ने १३ बुँदे सिफारिस गरेको थियो ।


२६ पुस २०७८, सोमवार १२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु