ड्र्यागन फ्रुटमा भेटियो कोरोना, राेकियाे आयात

चीनमा ड्र्यागन फ्रुटमा कोरोना भाइरस भेटिएको छ । फ्रुटमा भाइरस भेटिएपछि केही चिनियाँ सहरहरूले आयातित खानेकुराहरूको चेक जाँच सुरु गरेका छन् भने ड्र्यागन फ्रुट किनेकाहरूलाई क्वारेन्टिन बस्न निर्देशन दिएको छ ।

खानाबाट कोभिड १९ सर्छ भन्ने प्रमाण भने यथेष्ट छैन । तर, चीनको झेजियाङ र जियाङ्सी प्रान्तका कम्तीमा नौ सहरहरूले डिसेम्बरदेखि भियतनाम र थाइल्यान्डबाट आयात गरेका ड्र्यागन फ्रुटमा कोरोना भाइरस भेटेको दाबी गरेका छन् ।

यसले ती सहरहरूका सुपर मार्केटहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने, कडा जाँच र खास गरी भियतनामबाट ड्र्यागन फल भित्र्याउने ठाउँमा कडा नियन्त्रण गरिएको छ ।

चीनले कोरोना भाइरसविरुद्ध शून्य कोभिड केसको नीति अपनाएको छ । आउँदो महिना चीनमा सुरु हुने विन्टर ओलम्पिक अघि चीनले झनै बढी नियन्त्रणका उपायहरू अपनाइ रहेको छ ।

केही फलफूल किनेका व्यक्तिहरूमा सङ्क्रमण पुष्टि भएको छ भने, त्यहाँका हजार बढी नागरिकहरूलाई क्वारेनटिन बस्न स्थानीय सरकारले निर्देशन दिएको छ ।

 


२२ पुस २०७८, बिहीवार १५:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु