जिल्ला कमिटीका लागि एमालेले तोक्यो तीन बुँदे मापदण्ड

नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।

यी हुन् मापदण्ड

१. पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।

२. सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।

३. एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।


२२ पुस २०७८, बिहीवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु