सुदूरपश्चिमका तीनसहित ९ जिल्लाका सीडीओ सरुवा, कस्काे कहाँ सरूवा ?

गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीनसहित देशभरका ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

मन्त्रालयले सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुलासहित सुर्खेत, झापा, बागलुङ, ओखलढुंगा, इलाम, रुकुमपश्चिमका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हो ।

मन्त्रालयका अनुसार बझाङमा बाबुराम अर्याल, बाजुरामा उपेन्द्र पौडेललाई पठाइएको छ । उनी इलाका प्रशासन कार्यालय बुटवलमा थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने दार्चुलाका सिद्धराज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा छवि रिजाललाई पठाइएको छ । सुर्खेतमा खगेन्द्र रिजाल, बागलुङमा रमेश ढकाललाई खटाइएको छ ।

त्यसैगरी ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा दिलकुमार तामाङ, रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानाको सरुवा भएको छ ।


२२ पुस २०७८, बिहीवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु