मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा–७ चंगाबाडीस्थित निर्माणाधीन कल्भर्टबाट मोटरसाइकलसहित खसेर मृत्यु भएको अवस्थामा सोही ठाउँका २७ वर्षीय रमेश चौधरीको शव भेटिएको हो ।
से ३ प ६१३५ नम्बरको मोटरसाइकले च्यापिएर मृत भएको अवस्थामा चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक रमेश चौधरी बुधबार राति राति १० बजे बजेतिर घरबाट निस्केको आफन्तले बताएका छ्न् ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ पुस २०७८, बिहीवार १२:२३ बजे प्रकाशित













