सरकारले बढायो उखुको मूल्य, कति पुग्यो ?

 

सरकारले उखुको मूल्य बढाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि मन्त्रालयले पेस गरेको मूल्य मन्त्रिपरिषदले अनुमोदन गरेको हो।

यसपालिको मूल्य गत वर्षभन्दा करिब ४६ रुपैयाँ बढी हो। सरकारले गत आर्थिक वर्ष २०७७र७८ का लागि उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो।

तर यसपटक किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए। निर्धारित समर्थन मूल्य ५९० रुपैयाँमध्ये किसानलाई उद्योगीले ५२० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।


२२ पुस २०७८, बिहीवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु