घोडाघोडीमा काँग्रेसको बधाई तथा शुभकामना कार्यक्रम

नेपाली काँग्रेस घोडाघोडी नगरपालिकाका दुईवटा वडामा मंगलबार नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाकाको वडा नम्बर २ र १० मा कार्यक्रम गरिएको हो । वडा नम्बर २ का सभापति कमलप्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रममा सहभागीले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालका शुभकामना दिएका थिए ।

त्यस्तै, नगरपालिकाको वडा नं. १० मा पार्टीका वडा सभापति विजय स्वाँरको सभापतित्वमा भएको कार्यक्रममा पनि सहभागी नेता कार्यकर्ताले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

घोडाघोडीमा भएका बधाई तथा शुभकामना प्रदान कार्यक्रममा क्षेत्रीय सभापति रिता चौधरी, महाधिवेशन प्रतिनिधि रेखा देवकोटा, लक्षण शाही, खम्म शाह, तरुण दलका नेता अमृत बिसीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा यही पुस २७ गते हुने नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनमा जिल्ला सचिवका उम्मेदवारसमेत रहेको बिसीले आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए ।


२० पुस २०७८, मंगलवार १९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु