चरेशसहित एक जना पक्राउ

कैलाली प्रहरीले लागु औषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीको गस्ती टोलीले लागु औषध चरेशसहित बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरका ३० वर्षीय नरेन्द्र प्याकुरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरमा मादक पदार्थ सेवन गरी होहल्ला गरी रहेको अवस्थामा फेला पारी शंका लागि चेकजाँच गर्दा प्याकुरेलको साथबाट लागु औषध चरेश १० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्याकुरेलमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


२० पुस २०७८, मंगलवार १८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु