ए डिभिजन लिगः आज सातौं चरणको अन्तिम खेल हुँदै

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार सातौं चरणको अन्तिम खेल हुँदै छ।

सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्न लागेका हुन्। उनीहरुबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

यसअघिका ६ खेलमा सातदोबाटोले २ मा जित र २ मा बराबरीसहित ८ अंक जोडेको छ भने समान खेलबाट समान जित र बराबरीसहित हिमालयन शेर्पाको पनि ८ अंक छ।


१९ पुस २०७८, सोमवार ०९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु