नेकपा माओवादीले पदाधिकारी सोमबार चयन गर्ने

नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।

उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत जानकारी दिए ।आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको थियो ।

 


१८ पुस २०७८, आइतवार १९:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु