प्रचण्डले घोषणा गरे २२९ सदस्यीय केन्द्रीय कमिटी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन्।प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशन अन्तर्गत आइतवार बसेको स्थायी कमिटी बैठकपछि बन्दसत्र हललाई सम्बोधन गर्दै उनले सुरुमा २२९ जनाको केन्द्रीय कमिटी घोषणा गरेका हुन्।
सहमतिमै केन्द्रीय कमिटी घोषणाको पक्षमा रहेका उनले बन्दसत्र हलमा सम्बोधनका क्रममा सुरुमा केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरेपछि पदाधिकारीको टुङ्ग्याउने बताएका थिए।यसअघि माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय लिएको थियो। बाँकी ७० जनाबारे माओवादीले अहिलेसम्म केही भनेको छैन।
प्रज्ञा भवन कमलादी जारी महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउँदै माओवादीले आइतवार केन्द्रीय समिति सदस्यहरुको नाम घोषणा गरेको हो।माओवादी केन्द्रले आफ्ना १५ पदाधिकारीहरूको नाममा भने अझै सहमति जुटाउन सकेको छैन।केन्द्रीय समिति सदस्यहरुको नाम घोषणासँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्।
१८ पुस २०७८, आइतवार १८:२२ बजे प्रकाशित













