पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो

पाल्पामा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो ।

बसमा ३५ जनाभन्दा धेरै मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


१८ पुस २०७८, आइतवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु