बीभत्स हत्या गरिएका युवकको शव उठ्यो
बीभत्स ढंगले हत्या गरिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय युवक अरुण दासको शव परिवारले उठाएका छन् । शव भेटिएको तीन दिनपछि परिवारले अरुणको शव घटनास्थलबाट उठाएका हुन् ।
घटनास्थलबाट शव उठाएर परीक्षणका लागि टिकापुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले अब घटनाको अनुसन्धानमा सहजता हुने बताए ।
दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । शनिवार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा दासको घाँटी रेटेर बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
५ पुस २०७८, सोमवार १८:१९ बजे प्रकाशित













