मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन, प्रतिवेदन बुझाउन १५ दिनको म्याद
भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ ।
श्याम श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका कर्मचारीहरु छन् ।
कार्यदललाई १५ दिनको म्याद दिइएको र कार्यदलले समस्या समाधानको उपाय एवं विकल्पसहितको अध्ययन प्रतिवेदन दिने कार्यदलको सदस्यमा परेका अधिकारकर्मी गणेश बिकले बताए ।
सरकारले ०६५ सालमै मुक्त हलिया घोषणा गरेको थियो । तर त्यसअघि लिइएको लगत अनुसार उनीहरुको व्यवस्थापन हुन नसकेको र लगत पनि छुटेको भन्दै अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।
२ पुस २०७८, शुक्रवार १६:२६ बजे प्रकाशित












