एमालेको अपानि जारी, सुदूरपश्चिममा तोकियो जिम्मेवारी (सूचीसहित)
नेकपा एमालेले सुदूरपश्चिममा नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सबै सदस्यहरुको कार्यविभाजन गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकिएको जानकारी दिएका छन् ।
सोही अपानि अनुसार सुदूरपश्चिममा पनि नेताहरुको जिम्मेवारी तोकिएको छ । अपानि अनुसार सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पार्टीका केन्द्रीय सचिव लेखराज भट्टलाई दिइएको छ । त्यस्तै सह–इन्चार्जमा लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्ना छन् ।
जिल्लामा पनि इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् । डोटी जिल्ला इञ्चार्जमा गौरीकुमारी ओली, कञ्चनपुर इन्चार्जमा निरुदेवी पाल र सह–इञ्चार्जमा इन्दु कडरिया, कृपाराम राना, नरबहादुर धामी र कमला बोहरा छन् ।
अछाम इन्चार्जमा झपटबहादुर बोहरा र सह–इञ्चार्जमा यज्ञ बोगटी
छन् । डडेल्धुरा इञ्चार्जमा पठानसिंह बोहरा, बैतडी इञ्चार्जमा पुरनसिंह दयाल र सहइन्चार्जमा लिलाधर भट्टले जिम्मेवारी पाएका छन् ।
त्यस्तै, बझाङ इञ्चार्जमा भैरवबहादुर सिंह र सह–इञ्चार्जमा अफिलाल ओखडा, ऐनबहादुर महर र आशाकुमारी विकले जिम्मेवारी पाएका छन् ।
बाजुरा इञ्चार्जमा लालबहादुर थापा र सह–इञ्चार्जमा दयालबहादुर शाही, सहदेव बोगटी र प्रकाशबहादुर शाहलाई जिम्मेवारी दिइएको छ ।
कैलाली इञ्चार्ज( नारदमुनी राना र सह–इञ्चार्जमा कमलाकुमारी ओली, सन्तोष शर्मा र गौरीशंकर चौधरी छन् । दार्चुला इन्चार्जको जिम्मेवारी गणेशसिंह ठगुन्नालाई दिइएको छ ।
२ पुस २०७८, शुक्रवार १६:४६ बजे प्रकाशित












