कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
१४औं महाधिवेशन अन्तर्गत आज सम्पन्न महामन्त्रीको मतगणनामा गगन र विश्वप्रकाश निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार जम्मा ४ हजार ६८२ मतमा थापाले ३ हजार२३ ल्याए भने शर्माले १ हजार ८४ मत प्राप्त गरे । यस्तै महामन्त्रीका प्रतिस्पर्धी
प्रकाश शरण महतले १ हजार ५५०, प्रदिप पौडेलले १ हजार ४०९, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०७ मत ल्याए ।
महामन्त्रीमा विजयी थापा शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्मा सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै, पराजय ब्यहोरेका महत र पौडेल देउवा प्यानका उम्मेदवार हुने भने रिजाल शेखर प्यानलबाट उम्मेदवार बनेका थिए । कार्की स्वतन्त्र उम्मेदवार हुन् ।
१ पुस २०७८, बिहीवार १५:२१ बजे प्रकाशित













