ठगी मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ
कैलाली प्रहरीले ठगी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई सात वर्षपछि पक्राउ गरेको छ ।
ठगी मुद्दामा फरार रहेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का ५६ वर्षीय पदमबहादुर बडैलालाई प्रहरीले उनकै घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
२०७१ जेठ २५ गतेको फैसलाले १ महिना कैद र ७६ हजार रुपैयाँ जरिवाना तोकेको थियो । प्रहरीले उनलाई पक्राउ गरेपछि कैलाली जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।
२८ मंसिर २०७८, मंगलवार १६:१५ बजे प्रकाशित












