सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५२ नमुना परिक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा ४ जना संक्रमित उपचाररत छन् भने ४ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
२८ मंसिर २०७८, मंगलवार १६:०३ बजे प्रकाशित












