punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनमा यात्रु ओसार्ने गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा

Chaupati
safha napa

बाजुरा, वैशाख ४ । लकडाउनको मौका छोपेर यात्रु ओसार्ने एम्बुलेन्सलाई प्रहरीले नियनत्र्णमा लिएको छ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बको एम्बुलेन्सले छजना यात्रु ओसारिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

नेपालगंजबाट बाजुराका लागि एक प्यारालाइसिस भएका बिरामी राखेर यात्रु ओसारिरहेको अवस्थामा सदरमुकाम मार्तडीमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।

नेपालगंज, सुर्खेत, अछाम हुँदै बाजुरा पुगेको उक्त एम्बुलेन्समा स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयवासी रहेको उनले जानकारी दिएका छन्।

एम्बुलेन्समा बिरामीको अवस्था हेरेर बढीमा दुई कुरुवा ल्याउन पाउने व्यवस्था भए पनि नियमविपरीत एम्बुलेन्समा यात्रु बोक्नु गलत भएकाले मुद्दा चलाउने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए।


४ वैशाख २०७७, बिहीवार ०४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु