punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘मत नहाल्ने’ सूची बाँडिएकोमा रावलको निन्दा

Chaupati
safha napa

नेकपा एमालेको महाधिवशेनमा जारी मतदानको क्रममा केपी ओली पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति भीम रावलले निन्दा व्यक्त गरेका छन्। रावल अध्यक्षका उम्मेदवार हुन्।ओलीले बन्दसत्रमा पेश गरेको सूचीभन्दा बाहिरका उम्मेदवारलाई मत नहाल्ने ओली पक्षका नेता तथा कार्यकर्ताले सूचीमा नाम लेखेर पर्चाको रुपमा वितरण गरेका हुन्। त्यसले दुई पक्षबीच विवाद निम्त्याएको छ।

‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु’, रावलले ट्विटरमा लेखेका छन्, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ।‘

उनले पर्चा बाँड्ने काम रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको बताएका छन्। बाँडिएको पर्चामा पदाधिकारीका उम्मेदवार रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य लगायत केन्द्रीय कमिटी सदस्यका उम्मेदवार भएकाहरुको नाम तोकेर मत नहाल्न भनिएको छ।बिहान ४ बजेपछि विभिन्न दश समूहका उम्मेदवारबीच निर्वाचन भइरहेको छ। ६९ वटा भोटिङ मेसिनमा भइरहेको मतदान ११ बजेतिर सकिने केन्द्रीय निर्वाचन आयोगको आकलन छ।


१४ मंसिर २०७८, मंगलवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु