punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनको अस्पताल लगेपछि वर्षमान पुनको स्वास्थ्यमा सुधार

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगेर सोही दिनबाट उपचार सुरू गरिएको थियो।

उपचार सुरू गरेको चौंथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।नेता पुनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन्।

पछिल्लो परीक्षणअनुसार नेता पुनलाई सताएको विश्वमै बिरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ। यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो। बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरिर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निनेजस्ता समस्या सुधार भएको छ।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए।

‘आजमात्रै मेरो भिडिओ कल भएको थियो, उहाँको हिजोदेखि शरिर चिलाएको छैन, खान थाल्नु थालेको, सबैसँग कुरा गर्न थाल्नुभयो। अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरामुक्त भएको छिट्टै नेपाल फर्कनु हुन्छ भनेका रहेछन्,’ चापागाईंले भने, ‘बैंककबाट चीन उड्दा शरिर सुन्निएर ७२ केजी थियो, अहिले घटेर ६७ केजीमा झरेको छ। दिशामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो।’नेता पुनले गएराति अध्यक्ष प्रचण्डसँग भिडिओमा कुराकानी गरेका थिए।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउँदा सन्चो भएको थियो।


१३ मंसिर २०७८, सोमवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु