punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मतदाता नामावली संकलन कार्य सुरु हुँदै

Chaupati
safha napa

कैलालीमा मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीले दुई चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागेको हो ।मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरण र पुस ४ गतदेखि १८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।

पहिलो चरणमा ५ वटा स्थानीय तह र दोस्रो चरणमा ५ वटागरी १० वटा स्थानीय तहमा मतदाता नामावली संकलन गरिने उनले बताए । तीनवटा स्थानीय तहमा इलाका प्रशासन कार्यालयबाट निरन्त्तर मतदाता नामावली भइरहेको उनको भनाइ छ ।

१७ गतेदेखि प्रदेश निर्वाचन कार्यालयबाट अन्य जिल्लाको मतदाता नामावालीमा नाम दर्ता गर्न चाहानेलाई पनि कार्यालयबाटै नामावली दर्ता गरिने उनले बताए ।पहिलो चरणमा कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली हुने भएको छ ।

त्यस्तै दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा हुने छ ।धनगढी उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालयबाट मतदाता नामावली भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए ।

घोडाघोडी नगरपालिकाको इलाका प्रशासन कार्यालय सुखड र टिकापुर नगरपालिकाको इलाका प्रशासन कार्यालय टीकापुरबाटै मतदाता नामावली संकलन भइरहेको उनको भनाइ छ ।कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न आवश्यक रहेको बताए ।

प्रदेश निर्वाचन कार्यालय कैलालीले सोमबार मतदाता नामावली सकंलन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायको सहभागिता रहेको थियो ।


१३ मंसिर २०७८, सोमवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु