दार्चुलामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुदै
दार्चुलाका आठ वटा स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा मेरी स्टोप नेपालको सहयोग एवम स्थानीय तहको समन्वयमा जिल्लाका आठ वटा स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो ।
यहि मंसिर १४ गते मंगलबार देखि मंसिर २३ गतेसम्म परिवार नियोजनको स्थायी मिनिल्याप र भ्यासेक्टोमी बन्ध्याकरण शिविर हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले बताए। जिल्लाका दुई नगरपालिका तथा ६ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने उनले बताए।
जसमा मंसिर १४ गते पहिलो दिन सौगन्ना सामुदायिक स्वास्थ्य इकाई अपि हिमाल गाउँपालिका १५ गते लटिनाथ स्वास्थ्य चौकी मार्मा गाउँपालिका १७ गते गाउँपालिका भवन होपरीगाड नौगाड १८ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ ।
यस्तै १९ गते पस्ती स्वास्थ्य चौकी मालिकार्जुन गाउँपालिका २१ ग्ते हुती स्वास्थ्य चौकी २२ गते हिकिला स्वास्थ्य चौकी दुहुँ गाउँपालिका तथा २३ गते जिल्ला अस्पताल दार्चुला महाकाली नगरपालिमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरि सम्पन्न गरिने स्वास्थ्य कार्यालय दार्चुुलाले जनाएको छ ।
स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेम्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा सञ्चालन हुने जनाइएको छ । त्यस्तै बन्ध्याकरण शिबिर सञ्चालन हुने स्थानीय तहका स्वास्थ्य संस्थामा आवश्यक समन्वय गरी ओटी लगायत ब्यवस्थापन गर्न सम्बन्धीत स्वास्थ्य संस्थालाई जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध समेत गरेको छ ।
शिबिरमा आउदा जनस्वास्थ्यका मापदण्डहरु पुर्णरुपमा अपनाउन पनि आग्रह गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
१३ मंसिर २०७८, सोमवार १०:४२ बजे प्रकाशित






























