punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु :मन्त्री आले

Chaupati
safha napa

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन्।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने बताए।

मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय सङ्घीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामह नियमसङ्गत तरीकाले भए नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नुपर्नेसमेत आग्रह गरे।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसुस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको बताए।

उनले भने, “गाउँमा बस्ने विपन्न वर्गका नागरिकले महसुस गर्ने गरी हामीले विकास गर्न थालेका छौँ, नागरिकले सोचेअनुसारको विकास हुने छ।” तत्कालीन संविधानसभा सदस्य हर्कबहादुर सिंहले जनताले प्रतक्ष अनुभूति पाउने गरी विकास हुनुपर्ने आग्रह गरे। उनले भने, “जनताले चाहेको विकास हो, हामीले उनीहरुले प्रत्यक्ष अनुभूति हुने खालका विकासका काममा जोड दिनुपर्छ।”

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले सुदूरपश्चिमका अधिकांश नागरिक कामका लागि भारत जाने परिपाटी अहिले पनि कायमै रहेका कारण अब यहाँका युवा तथा अन्य बेरोजगार युवाले गाउँमै रोजगारी पाउने गरी कामको सुरुआती हुनुपर्ने बताए।


१३ मंसिर २०७८, सोमवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु