punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ३४२ जना कोरोना संक्रमित निको,१५८ जनामा संक्रमण

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ भने ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना रहेका छन् ।

जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १३ जना कोरोना संक्रमित थपिएका छन् ।


१२ मंसिर २०७८, आइतवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु