punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले महाधिवेशन : साँझ ७ बजे बन्दसत्र सुरु हुने माइकिङ

Chaupati
safha napa

सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए ।

त्यसअनुसार अधिकांश प्रतिनिधि पुगेका बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका पनि थिए ।तर झण्डै ७ घण्टा कुर्दा पनि बन्दसत्र सुरु भएको छैन । चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएको छ । पदाधिकारीमा भने अझैसम्म सहमति जुटेको छैन ।

सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् । यसका लागि अझै समय चाहिने भएपछि बन्दसत्र हलमा साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने माइकिङ गरिएको छ ।७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ ।


१२ मंसिर २०७८, आइतवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु