महाधिवेशन प्रतिनिधिमा बैतडीबाट युवाको वर्चश्व
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि बैतडीबाट २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। महाधिवेशन प्रतिनिधिमा युवाहरुको बाहुल्यता रहेको छ।बैतडीमा सबैभन्दा कान्छा महाधिवेशन प्रतिनिधिका रुपमा लक्ष्मी शाह चन्द निर्वाचित भएकी छन्।
२७ वर्षीया लक्ष्मी हाल कांग्रेस टे«ड युनियन महिला संघकी प्रदेश सहसचिव हुन। यस्तै, नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसी पनि महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन्। केसीको २९ वर्षीय हुन्।यस्तै, ३२ वर्षीया पुनम पाल बम, ३६ वर्षीय सुरत पार्की, तुलसी ठगुन्ना, तेजबहादुर चन्दलगायतका महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन्।
जिल्लामा पुराना कार्यकर्ता, पूर्वमन्त्री, पूर्वपार्टीसभापति पछारिँदा युवाहरुले मौका पाएका हुन्। पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र पूर्वपार्टी सचेतक विनयध्वज चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भए।
यस्तै, पार्टीका पूर्व मुख्य सचेतक, दुई पटक बैतडीबाट सांसदमा निर्वाचित तथा विपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्द पनि पराजित भए। कांग्रेस बैतडीका पूर्वसभापति नरेन्द्र विष्टले पनि महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेका छन्।
युवाहरु महाधिवेशन प्रतिनिधिमा चयन हँँुदा उनीहरु खुसी भ्एका छन्। प्रतिनिधिमा निर्वाचित हुँदा निकै खुसी रहेको सबैभन्दा कान्छा उम्मेदवार लक्ष्मी चन्द शाहले बताइन्। ‘युवाहरुले पनि महाधिवेशन मौका पाएका छन्, केही नयाँ गरेर देखाउनुपर्नेछ,’ उनले भनिन्, ‘महिला र युवाका क्षेत्रमा काम गर्ने मौका पाएका छौं, केही गरेर देखाउछौं, सबै मतदातालाई धन्यबाद छ।’
युवाहरुले मौका पाएकाले यसलाई सुखद मान्नुपर्ने कपिल केसी बताउँछन्। उनले भने, ‘युवाहरुले पनि केही गर्न सक्छन् भनेर हामीहरुलाई निर्वाचित गराउनुभएको छ, अब हामीले युवाहरुको पक्षमा काम गरेर देखाउनुपर्छ।’
१२ मंसिर २०७८, आइतवार ०८:२९ बजे प्रकाशित














