एमाले सचिवमा उम्मेदवारी दिने राईको घोषणा

नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी चार कार्यकाल जिल्ला अध्यक्ष भएका उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए ।

पोलिब्टुयरो सदस्य समेत रहेका उनी प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । निरन्तर पार्टी एकताको पक्षमा उभिएको भन्दै उनले भने, ‘सबै हिसाबले मेरो उम्मेदवारी कथाले माग्छ ।’


९ मंसिर २०७८, बिहीवार १६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु