punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी

Chaupati
safha napa

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गरेका हुन्।

‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।

नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्न आवश्यक रहेको र त्यो पूरा गर्नकै लागि आफूले सभापति पदमा उम्मेदवारी दिएको पनि प्रष्ट पारे।

साथै उनले आगामी निर्वाचनमा कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउँदै आफूले सभापति जितेमा पार्टी कस्तो हुनेछ भनेरसमेत खाका प्रस्तुत गरेका छन्।कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुन गइरहेको छ।


९ मंसिर २०७८, बिहीवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु