punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीबाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा देउवा पक्षको वर्चश्व, इतर पक्षमा ११ जना मात्रै

Chaupati
safha napa

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत कैलालीमा भएको क्षेत्रीय निर्वाचनबाट १३० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित १३० जना जना महाधिवेशनका लागि प्रतिनिधि निर्वाचित भएको काँग्रेस कैलालीका प्रचार प्रसार समिति संयोजक नृप सुनारले बताए । काँग्रेसको विधानअनुसार क्षेत्रीय सभापति पनि महाधिवेशनका पदेन प्रतिनिधि हुन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाश शाह, क्षेत्र नम्बर २ बाट विष्णुप्रसाद ढकाल, क्षेत्र नम्बर ३ बाट रिचा चौधरी, क्षेत्र नम्बर ४ बाट बसनत रोकाया र क्षेत्र नम्बर ५ बाट भीम पडाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनीहरु सबै संस्थापन अर्थात प्रधानमन्त्री एवम् काँगे्रस सभापति शेरबहादुर देउवा निकट हुन् ।

क्षेत्रीय सभापतिसहित १३० जना महाधिवेशन प्रतिनिधिमध्ये ११९ जना प्रतिनिधि सभापति पनि देउवा छन् । जिल्लाबाट ११ जना मात्रै संस्थापन इतर पक्षबाट निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित सुनिलकुमार भण्डारी, नारायणदत्त मिश्र, क्षितिज भण्डारी, भक्तबहादुर थापा, रामचरण चौधरी, गीता कठरिया, दीपक जोशी, जीवन श्रेष्ठ, सुमन सञ्ज्याल, कमल शाह र रामबहादुर कलेल संस्थापन इतर पक्ष मानिन्छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म जिल्ला अधिवेशन भएका पाँच जिल्लामध्ये तीन जिल्लामा संस्थापन पक्ष र दुई जिल्लामा संस्थापन इतर पक्ष सभापतिमा निर्वाचित भएका छन् ।

अहिलेसम्म देउवाको गृहजिल्ला डडेल्धुरा, डोटी, बैतडी, बझाङ र बाजुरामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । यी मध्ये डडेल्धुरा सभापतिमा विजयी भीम साउँद, डोटीमा विजयी नरेन्द्रबहादुर सिंह र बझाङ सभापतिमा निर्वाचित खडकबहादुर बोहरा सभापति देउवा निकट हुन् ।

बैतडीको सभापतिमा निर्वाचित चतुरबहादुर चन्द र बाजुरामा निर्वाचित रामसिंह रावल संस्थापन इतर पक्षका हुन् ।

अब पाँच निर्वाचन क्षेत्र भएको कैलाली, तीन निर्वाचन क्षेत्र भएको कञ्चनपुुर, दुई निर्वाचन क्षेत्र भएको अछाम र एक निर्वाचन क्षेत्र भएको दार्चुलामा अधिवेशन हुन बाँकी छ ।

मन्त्री दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलाबाहेक अन्य जिल्लामा सभापति देउवा निकट व्यक्ति जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावना छ । दार्चुलामा बडू निकट व्यक्तिहरुनै सभापतिका लागि एक आपसमा प्रतिस्पर्धामा छन् भने अन्य जिल्लामा देउवा निकट व्यक्तिहरुबीचनै प्रतिस्पर्धा हुने देखिएको छ ।


९ मंसिर २०७८, बिहीवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु