युवा नेता पाण्डेद्वारा काँग्रेस कैलालीको उपसभापतिमा उम्मेदवारी घोषणा
नेपाली काँग्रेसका युवा नेता लोकराज पाण्डे (आगो)ले काँग्रेस कैलालीको उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सन्जाल फेसबुक मार्फत उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘आफू र समाजलाई जिबित राख्नका लागि नेपाली कांग्रेस कैलालीको उपसभापतिमा मेरो उम्मेदवारी रहेको जानकरी गराउँदछु ।’
उनले काँग्रेसलाई संस्थागत, जिबन्त, गतिशिल र विधि बिधान अनुसार चल्ने पार्टी बनाउन आफूले उम्मेदवारीको घोषणा गरेको बताएका छन् ।
उनी काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का पूर्व सचिव हुन् । वडा अधिबेशनमा क्षेत्रीय प्रतिनिधिमा विजयी भएका पाण्डे केन्द्रीय अधिबेशन महाधिवेशन प्रतिनिधिमा भने पराजित भएका छन् ।
८ मंसिर २०७८, बुधवार १५:४५ बजे प्रकाशित












