काँग्रेस डोटीको सभापतिका लागि दोस्रो चरणको चुनाव हुने

डोटीमा काँग्रेसको जिल्ला सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ। मङ्गलबार भएको चुनावम कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो।

मतदानमा १०८५ मत खसेकोमा नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीपकुमार देउवाले  २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत पाए।

सर्वाधिक मत ल्याउने सिंह र बडूबीच फेरि सभापतिका लागि चुनाव हुने निर्वाचन समितिले जनाएको छ। वर्तमान सभापति देउवा भने पहिलो चरणको चुनावबाटै बाहिरिएका छन्।

सिंह र बडूले तेस्रो भएका देउवा, चौथो भएका नरबहादुर ढाँट र पाँचौँ भएका टेकराज ओझाको साथ लिन सक्ने छन्।


८ मंसिर २०७८, बुधवार ११:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु