सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

बुधबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन ।

उनले प्रदेश सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरे ।

यस्तै उनले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताए । उनले यस विषयमा प्रधानमन्त्री  देउवासँग छलफलसमेत भैरहेको बताए ।

‘निर्वाचनको विषयमा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष दाहालले भने, ‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ ।’

पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार बढी हुने र झन्झट पनि हुए भएकाले सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

साथै पत्रकारको जवाफमा प्रचण्डले अहिलेको गठबन्धन जारी रहने बताएका छन् । बाहिर हल्ला जे जस्तो आएको भएपनि गठबन्धन आवश्यक भएको बताए ।

प्रचण्ड भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न कैलाली आएका हुन् । साथै उनी यहाँ पार्टीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

 

गठबन्धन आवश्यक रहेको बताएका छन् ।

बुधवार बिहान धनगढी विमानस्थलमा पत्रकारहरु सँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले बाहिर जसले जे भने पनि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

अन्तरक्रियाका क्रममा काँग्रेसका नेताहरूले गठबन्धन आवश्यक नरहेको बताउन थालेका छन् । एमाले सँग एक्लै लड्ने आट नगर्नु भएको हो ? भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले, ”अब होइन त्यस्तो छैन । कोही-कोही लाई के दाग्दै छ भने अब महाधिवेशन आएको छ । कोहीलाई लाग्छ गठबन्धन बलियो बनाएर जाने भन्यो भने भेट धेरै आउँछ कि महाधिवेशनमा, कोहीलाई विरोध गर्‍यो भने भने भोट आउँछ कि भनेर भन्या हो । भित्र सबैको एउटै छ । गठबन्धन त चाहिन्छ भन्ने छ । गठबन्धन तोड्ने त्यस्तो नि कहीँ हुन्छ र ? गठबन्धनले मजाले प्रधानमन्त्री हुन पाइएको छ । मन्त्री बन्न पाइया छ । सरकार चलाउन पाइया छ । अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ? त्यो कहीँ कतै मिल्ने कुरै हैन नि त्यो ।” उनले भने ।

सङ्घीय सरकारमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एस लगायतका पाँच दलको गठबन्धनको सरकार रहेको छ ।

भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन ।


८ मंसिर २०७८, बुधवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु