punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल आज दोस्रो जितको खोजीमा

Chaupati
safha napa

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो पौने चार बजे दोहामा रहेको वेस्ट इण्ड पार्क स्टेडियममा हुनेछ ।

नेपाल कतारमाथि एक खेल अगावै श्रृङ्खला जित्न चाहन्छ । हिजो पहिलो खेलमा कतारलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको नेपाल आज पनि जित निकाल्ने योजनामा छ । श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।

कतारसँग भोलि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ । छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वाण्टी विश्वकपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।


१ मंसिर २०७८, बुधवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु