मुल्यवृद्धिको विरोधमा धनगढीमा प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धमा धनगढीमा विरोध प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले धनगढी बजारमा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै नाराबाजी गरिएको थियो। बन्दले यहाँको जनजीवन प्रभावित भएको छ। सामान्य रुपमा नीजि सवारीसाधन चले पनि बजार तथा शैक्षिक संस्था बन्द छन्।


३० कात्तिक २०७८, मंगलवार १४:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु