punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्वोच्चका ४ न्यायाधीश नियमित काममा फर्किए

Chaupati
safha napa

सर्वोच्च अदालतका ४ जना न्यायाधीश नियमित काममा फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दाहरु पनि हेरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलाश तोकेका छन् । न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दीप्रत्यक्षीकरण मात्रै मुद्दा हेरेका छन् ।

सर्वोच्चका अन्य १३ जना न्यायाधीशहरु नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा छन् ।प्रधानन्यायाधीश जबराको राजीनामा माग राख्दै नेपाल बारले आन्दोलन गर्दै आइरहेको छ ।

 

 


३० कात्तिक २०७८, मंगलवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु