अछामका दुईवटै निर्वाचन क्षेत्रबाट एमालेका १४ जना प्रतिनिधि निर्विरोध
नेकपा (एमाले) को दशौ महाधिवेशनका लागि अछामका दुईवटै निर्वाचन क्षेत्रबाट १४ जना प्रतिनिधि सर्वसम्मतरुपमा छानिएका छन् ।
क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर गोविन्द, प्रकाश शाह, भरत अयडी, पूर्व माओवादीका डिवि साउद, पशुपति कुँवर, दुधकला विष्ट, रामवहादुर आउजी र राधिका भुजेल छानिएका छन् ।
यस्तै गरेर क्षेत्र नम्बर २ बाट भरत साउद, वमबहादुर विसी, यज्ञ वोगटी, शिव उपाध्याय र भीम जनाला प्रतिनिधिमा छानिएका छन् ।
३० कात्तिक २०७८, मंगलवार १४:१६ बजे प्रकाशित






























