punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साँफेबगर–१० को समाजवादीको वडा कमिटी अध्यक्षमा खड्का

Chaupati
safha napa

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ । रबिन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा भिम बोगटी र सुमित्रा खड्का, सचिवमा सन्तोष महता, उपसचिवमा कमल भुल र डवल रावत चयन भएका छ्न् ।

जयबहादुर खड्काको अध्यक्षतामा भएको प्रथम भेलाका प्रमुख अतिथी नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार सदस्य अमृता खड्का रहनुभएको थियो। भेलामा बोल्दै खड्काले केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध समाजबादी बिद्रोहमा उत्रिएको बताए ।

यस्तै, प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर ‘शिलोज’ले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताए । प्रदेश कमिटी सदस्य जितबहादुर निशानीले नेपाली जनताले नेकपालाई दिएको दुई तिहाई बहुमत केपी ओलीको गलत प्रवृत्तिका कारण समाप्त भएको बताए ।

प्रथम वडा भेलामा जिल्ला कमिटी सचिवालय सदस्य जयन्ती बोगटी, जिल्ला कमिटी सदस्य मानबहादुर कुँवर, भरत खड्का, लक्ष्मण महता, अनेरास्ववियुका जिल्ला कमिटी उपसचिव मनिश विकलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

लक्ष्मण महताले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन युवराज कुँवरले गरेका थिए ।

 


२९ कात्तिक २०७८, सोमवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु