कांग्रेस गौरीगंगा नगर सभापतिमा चन्दको उम्मेदवारी घोषणा
कैलालीमा भोलि (मंगलबार) हुने नेपाली काँग्रेसको नगरस्तरीय अधिबेशनका लागि जिल्लाको गौरीगंगा नगर कार्यसमितिको सभापतिका लागि पहल बिक्रम चन्दको नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।
चन्दको सभापतित्वमा घोषणा गरिएको प्यानलमा उपसभापतिमा हृदय कुमार थापा र तिलाराम चौधरी र सचिवमा हेमन्त जोशी र दिनेश कलेल र सहसचिवमा प्रकाश खडका र सुशीला चौधरी छन् ।
२९ कात्तिक २०७८, सोमवार १६:४३ बजे प्रकाशित































