punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराको बडाल जाँत आज

Chaupati
safha napa

चौलोले प्रख्यात डडेलधुराको बडाल जाँत आज लाग्ने भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत लाग्ने भएको हो।कात्तिक शुक्ल दशमीको दिन राति (रतेडी) र दोस्रो दिन (दिउसेडी) लाग्ने परम्परा रहिआएको छ।

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ।

आइतबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत् रूपमा जात सुरु भएको गन्यापधुरा–२ का अध्यक्ष इन्द्र कार्कीले बताए। उनले धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा आइतबार बेलुकीदेखि विधिवत् रूपमा देवताको पूजाआजा सुरु भएसँगै सोमबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ भएको बताए ।

प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।

ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुनेगर्छ। मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ ।


२९ कात्तिक २०७८, सोमवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु