punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अहिलेको एमाले एकीकरणसहतिको नयाँ एमाले हो – इन्चार्ज भट्ट

Chaupati
safha napa

पुर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अहिलेको एमाले एकीकरण सहितको एमाले भएको बताएका छन् । सोमबार धनगढीमा आयोजित मजदुर विशेष इलाका कमिटीको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले अहिलेको एमाले एकीकरण सहितको एमाले भएको बताएका हुन् ।

“प्रारम्भिक रुपमा एमाले नाम रहे पनि जेठ २ को एमाले होईन’,उनले भने,‘यो २०७८ को एकीकरण सहितको नयाँ एमाले हो ।” यहाँ कुनै गुटको अस्तित्व छैन । कुनै पनि व्यक्तिगत महत्वकाक्षांलाई पाल्ने कुरा एउटा होला तर त्यसलाई महत्व दिने काम हुँदैन । तपाईको कामको आधारमा, पार्टी प्रतिको समर्पण र त्यागको आधारमा त्यसको मुल्याङ्कन हुन्छ, उनले भने ।

“अहिले पुर्व माओवादी, माधव समुह भन्ने समुह छैन’,उनले भने,‘अहिले समग्र कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको छ ।” जब सम्म युवालाई नेतृत्वमा अगाडी बढाउन सकिँदैन तब सम्म भोलीको नेतृत्व आउन सक्दैन विकास गर्न सक्दैन । युवाहरुलाई नेतृत्वमा ल्याउनु पर्ने उनले जोड दिए ।

 


२२ कात्तिक २०७८, सोमवार १६:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु