punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

Chaupati
safha napa

विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन्।

शुक्रबार उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली काँग्रेस​लाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए।

 


२० कात्तिक २०७८, शनिवार १५:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु