punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अधिवेशन : बैतडीका सबै पालिकामा सर्वसम्मत

Chaupati
safha napa

नेकपा एमाले को १० औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए।

जिल्लाको दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डे, पाटन नगरपालिकामा ललितसिंह ठगुन्ना, पुर्चौडी नगरपालिकामा कर्णबहादुर धामी र मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएको हो।

यस्तै दोगडाकेदार गाउँपालिकामा काशीसिंह विष्ट, डिलाशैनी गाउँपालिकामा रघुवीर बोहरा, पञ्चेश्वर गाउँपालिकामा प्रकाश चन्द, शिवनाथ गाउँपालिकामा महेन्द्र चन्द, सुर्नया गाउँपालिकामा राजेन्द्र भट्ट र सिगास गाउँपालिकामा गोपाल धामी चयन भएका छन्।

यसअघि जिल्लाका ८४ वटै वडामा पनि सर्वसम्मत नै नेतृत्व चयन गरिएको थियो।प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ।एमालेको दसौँ महाधिवेशन आगामी मंसिर १०(१२ गते चितवनमा हुँदैछ।


१७ कात्तिक २०७८, बुधवार ०९:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु