punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करिब चार लाख रुपैयाँको पटाका बरामद

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले करिब चार लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार मंगलबार राति बेबारिसे अवस्थामा भेटिएको पटका बरामद गरिएको हो।

बरामद पटाकाको मूल्य तीन लाख ८२ हजार २८५ रुपैयाँ रहेको न्यौपानेले जानकारी दिए। पटाका भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।पटाका ल्याउने कार्यमा संलग्नको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ। यसअघि समेत प्रहरीले जिल्लाका भारतसँग सीमा जोडिएका क्षेत्रबाट पटाका बरामद गरेको छ।

 


१७ कात्तिक २०७८, बुधवार ०९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु