आज पहाडी क्षेत्रमा दिनभरि नै बादल लाग्ने सम्भावना

अहिले काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रमा बादल लागेको छ ।मौसमविद्काअनुसार आज दिनभरि नै काठमाण्डौसहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ ।

घाम लागिहाले पनि मलिनो लाग्छ । पानी पार्ने प्रणाली तत्कालका लागि नभएकाले अबको केही दिन ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने छैन ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । यसैबीच आज बिहान काठमाण्डौ न्यूनतम तापक्रम हिजोभन्दा तीन डिग्री सेल्सियसले बढेको छ ।

हिजो काठमाण्डौको तापक्रम ११ डिग्री सेल्सियस रहेकोमा आज १४ डिग्री सेल्सियस पुगेको छ ।


१५ कात्तिक २०७८, सोमवार ०८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु