डेढ लाखको अवैध सामान बरामद

कञ्चनपुरमा झण्डै डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।

आइतबार जिल्लाको भीमदत्त नगरपालिका -४ कालोपुलबाट भन्सार छली ल्याइएका जुत्ता, चप्पल, लेडिज सुट, साडी, धोति, मखमल कपडा, सर्ट र पाईन्ट गरी १ लाख ३० हजार ४ सय ९० को अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ। बरामद सामान आवश्यक कार्बाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


१५ कात्तिक २०७८, सोमवार ०८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु