कैलालीमा एक पुरुषको शव फेला

कैलालीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-३ ढुंगे बगरस्थित कर्णाली नदीको किनारमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।

शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अन्दाजी ५०/५५ वर्षका देखिने, मोटो शरीर, उचाई अन्दाजी ५ फिट ५ ईन्च भएका पुरुषको शव आइतबार राति बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 


१५ कात्तिक २०७८, सोमवार ०८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु