केआईसिंह राजमार्ग पुनः अवरुद्ध (भिडिओसहित)

डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग अन्तर्गत रडुवामा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको छ ।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक सातादेखि अवरुद्ध भएर संचालनमा आएको राजमार्ग पुनः अवरुद्ध भएको हो ।

पानी परेको नभएपनि माथिबाट पहिरो खसिरहेको छ ।

अहिले विहान १० बजेतिर खसेको पहिरोले राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा रोकिएको छ ।

राजमार्ग खोल्न पहल भैरहेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए । मार्ग अवरुद्ध हुँदा सर्वसाधारण तथा यात्रुरुहरु समस्यामा परेका छन् ।

गन्यापधुरा गाउँपालिका अन्तर्गत पर्ने यो रडुवा खोला–गजरौला खण्ड यसअघि पहिरोले सय मिटर भन्दा बढी सडक खण्ड पहिरोले बगाएको थियो ।


१४ कात्तिक २०७८, आइतवार १०:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु