खैरो हिरोइनसहित तीन जना पक्राउ
कैलालीको धनगढीबाट लागु औषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।
कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नं १ वुद्धमार्ग चोकबाट वडा नम्बर ८ का १९ वर्षीय आदर्श कुँवर, सोही ठाउँका २४ वर्षीय बसन्त चौधरी र वडा नम्बर ६ का १८ वर्षीय हिमाल शाहीलाई शनिबार बेलुका पक्राउ गरेको हो ।
शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम १०० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।
पक्राउ परेका तीनै जनामाथि लागु औषध खैरो हिरोइन मुद्धा शीर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
१४ कात्तिक २०७८, आइतवार ०८:३० बजे प्रकाशित












