सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो,२२ जना अझै बेपता

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको वर्षासँगै आएको बाढी, पहिरोका कारण प्रदेशभर ३७ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बाढीपहिरोबाट सबै भन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन, कैलाली र अछाममा एकरएक जनाको मृत्यु भएको छ ।यस्तै प्रदेशमा बाढीपहिरोमा २२ जना बेपता भएका छन् ।

बेपता हुनेमा सबैभन्दा बढी बझाङका १९ जना, बैतडी र कैलालीमा एक÷एक जना रहेका छन् ।त्यस्तै, बाढीपहिरोमा १७ जना घाइते भएका छन् । घाइतेमा सबैभन्दा बढी डोटीमा ११, डडेलधुरा, बैतडीमा दुईरदुई जना र बझाङ र बाजुरमा एकरएक जना घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।


७ कात्तिक २०७८, आइतवार १३:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु